काठमाडाैं- सरकारले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ काम गर्ने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानलाई अगाडि बढाइएकाे उनले बताए।
भोकमरी अन्त्य गर्न सरकारले न्यून वर्गका नागरिकहरुलाई सहयोग गर्ने अर्थमन्त्री पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।