काठमाडौं– सरकारले विद्युती सवारी साधन उत्पादन गर्ने १० अन्तर्राष्ट्रिय ब्राण्ड (कम्पनी)लाई प्रोत्साहन गर्ने भएको छ।
विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन नीतिअनरुप विद्युतीय सवारी उत्पादन गर्ने विश्वाका १० ब्राण्डलाई नेपाल ल्याउन प्रोत्साहित गर्ने घोषणा गरेको हो।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सालसम्म विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजनालाई कार्यान्वयन गरिने पनि बताए।
रणनीतिक योजनालाई कार्यान्वयन सुझाव दिन विज्ञ टोली गठन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधानमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क नलिने पनि मन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।