काठमाडाैं– सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने भएको छ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उलब्ध गराइने अर्थमन्त्री विष्णु पौडेलले बजेट बाचन गर्दै जानकारी दिए।
स्टार्टअप व्यवसायको दर्ता नवीकरण तथा अन्य सेवा एकद्वारबाट निःश्ल्क गर्ने व्यवस्था मिलाइएको छ।
स्टार्ट अप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने उनले बताए। यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।