काठमाडाैं- सरकारले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
उनले दुई वर्षभित्र नेपाललाई दूध र तरकारी, तीन वर्षभित्र गहुँ, मकै, कोदो र फापर एवं पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।