काठमाडौं- जसपाभित्रको ‘स्पष्टीकरण-युद्ध’ दोस्रो चरणमा प्रवेश गरेको छ। उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको केही बेरपछि नै यादवलाई पनि स्पष्टीकरण सोधिएको छ।
शनिबार यादव पक्षले ठाकुर पक्षका चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनीहरुलाई गत ११ गते पनि स्पष्टीकरण सोधिएको थियो। सोही दिन ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोधेका थिए। तर दुवै पक्षले स्पष्टीकरण नदिएपछि दोस्रो चरण सुरु भएको हो।
‘यो पत्र प्राप्त गरेको म्यादभित्र चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७ बमोजिम निष्कासन समेतको कारबाही हुनेछ’, ठाकुरले यादवलाई पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।