काठमाडौं– फिल्म ‘चिमुसीची’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘तिमीले माग्छौ भने मुटु’बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा डान्स इन्डिया डान्सका प्रतिस्पर्धी सुनिल क्षेत्री र अभिनेत्री अलिशा शर्माको अभिनय छ।
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर छ।
सुनिलकै कोरियोग्राफी रहेको भिडियोमा थाइल्यान्डका दृष्यहरु समावेश गरिएका छन्।
दिनेश श्रेष्ठको निर्देशनमा तयार फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, कमली वाइवा, सशांक वस्याल, शेखर सुवेदी, शिवराज कार्की लगायतले अभिनय गरेका छन्।
फिल्म आगामी साउन ११ बाट प्रदर्शनमा अाउनेछ।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।