काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको उल्लेख गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको जनाउँदै उनीहरुलाई बदल्नु पर्ने उल्लेख गरेका हुन्।
'गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ,'थापाले भनेका छन्, 'ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।