काठमाडौं- नेपाली काग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीका पछिल्ला गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघियता खतरामा परेको उल्लेख गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै नेता कोइरालाले पछिल्ला दिनहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघियता खतरामा परेको उल्लेख गरेका हुन्।
गणतन्त्र, संविधान र संघियताको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई नेता कोइरालाले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।