काठमाडौं– बाणिज्य, आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका नायब सुब्बा घुससहित पक्राउ परेका छन्। विभागको फर्म तथा एजेन्सी शाखामा कार्यरत नासु जुनेद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
उनले फर्म नवीकरणका लागि घुस लिएका थिए। चैतदेखि सेवाग्राहीलाई दुःख दिएर घुस लिएका थिए। कार्यलयबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।
नवीकरणका लागि एक हजार रुपैयाँ राजश्व लाग्नेमा उनले १० हजार लाग्ने भन्दै घुस माग्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।