काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संवैधानिक मूल्य, मान्यता विपरीत राज्यका सबै अंगको हुर्मत लिने काम भइरहेको आरोप लगाएका छन्।
उनले संवैधानिक मूल्य र मान्यता विपरीत चल्ने र राज्यका सबै अंगको हुर्मत लिई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन्।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै नेपालले जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक-पटक विघटन गरिनुले कतै गणतन्त्रलाई समाप्त गर्ने कोसिस भइरहेको त छैन भन्ने आशंका उत्पन्न भएको उल्लेख गरेका छन्।
'प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै फेरि पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो', नेता नेपालले भनेका छन्।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने उनले बताएका छन्।
गणतन्त्रको रक्षाका लागि लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदाय एकताबद्ध भएर अघि बढ्न र गणतन्त्रको रक्षाका लागि लाग्न प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको नेता नेपालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।