काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले भेरी अस्पतालमा चिकित्सक र नर्सहरुमाथि गरिएको हातपात र दुर्व्यवहार निन्दायोग्य रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घट्नाको विरोध गरेका हुन्। चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य कतैबाट कसैले गर्न नहुने उनले बताएका छन्।
'भेरी अस्पतालमा चिकित्सक र नर्सहरुमाथि गरिएको हातपात र दुर्व्यवहार निन्दायोग्य छ। आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यतिबेला हौसला र प्रोत्साहनको खाँचो छ। चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य कतैबाट कसैले नगरौं,' सभामुख सापकोटाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।