काठमाडाैं- सरकारले ४३० जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकाे छ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्वुसहित ४३० कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहा गरेकाे घोषणा गरेकी हुन्।
मन्त्रिपरिषद्को जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।