काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई आफ्ना असमति मर्यादित, व्यवस्थित र विधिसंवत राख्न आग्रह गरेका छन्।
राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले आफ्ना असहमति राख्दा तिक्तता, तनाव र विभाजनबाट मुक्त भएर राख्न अनुरोध गरेका हुन्।
‘सिंगो विश्वसँगै हामी महामारीमा कठिन लडाइँ लडिरहेको यस घडिमा राजनीतिक दल र सबैपक्षबीच संवाद सहकार्य समझदारी झनै आवश्यक हुन्छ। तिक्तता, तनाव र विभाजनले छनिक सन्तुष्टि दिनसक्छ, कालान्तरमा हामीले महंगो मूल्य चुकाउनुपर्छ’ ओलीले भने,‘त्यसैले मुलुका सबै राजनीतिक दलहरु र पक्षहरुलाई आफ्ना असहमतिहरुलाई मर्यादित व्यवस्थि विधिसंवद ढंगले अगाडि बढाउन आग्रह गर्दछु।’
लोकतन्त्र एउटा अनुशासित मर्यादित विधिमा आधारित प्रणाली भएको बताउँदै ओलीले लोकतन्त्रमा असहमति र मतभिन्नता स्वभाविक भएकाे पनि बताए।
‘असहमतिलाई अभिव्यक्त गर्ने सञ्चालन गर्ने लोकतन्त्रका आफ्नै मर्यादा सीमा र विधि हुन्छन्। ति विधिको पालनाले मात्रै लोकतन्त्र सफल र जनताको मनमा स्थापित गराउँछ,’ ओलीले भने, ‘लोकतन्त्र र अराजकतन्त्रकाबीच सीमा लेखा उल्लंघन हुन पुग्यो भने लोकतन्त्र स्वयंम जोखिममा पर्छ।’
आफ्ना असहमतिको साधान खोज्न आफैँले बनाएको संविधान आफैँले स्थापित गरेका संवैधानिक प्रणालीलाई विश्वास गरिए मात्रै लोकतन्त्र बलियो हुने ओलीले टिप्पणी गरे।
सामान्य बेलामा पनि मुलुकमा प्रमुख शक्तिहरुबीच न्यूनतम संवाद, सहकार्य र समझदारी अपेक्षित हुने गरेको बताउँदै ओलीले महामारीमा सबै दलहरुले आफूलाई साथ दिनुपर्ने आशय व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।