काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गरिछाड्ने विश्वास दिलाएका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकारले विभिन्न देशबाट ३२ लाख २८ हजार डोज खोप ल्याएपनि १० लाख डोजबाट खोप अभियान सुरु गरिएको बताए।
‘अनुदानबाट ३२ लाख २८ हजार डोज र १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो खोप लगाएका नागरिकहरुका लागि दोस्रो खोप जसरी गरिने मात्रामा निश्चित रहन आग्रह गर्दछु’ ओलीले भने।
उनले खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारी नियन्त्रण गरिछाड्ने दाबी गरेका हुन्।
‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।