काठमाडौं–राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार संघीय संसद सचिवालयमा आयोजित कार्यक्रमकाबीच देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।
गत ६ गते भएको निर्वाचनमा देवकोटा विजयी भएका थिए। राष्ट्रिय सभाका लागि बागमती प्रदेशबाट अन्य समूह अन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।