काठमाडौं- न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोबारे इजलासमा प्रश्न उठेको छ।
प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता गोविन्द शर्मा बन्दीले यस्तो प्रश्न उठाएका हुन्।
नेकपा नाम विवाद मुद्दामा न्यायाधीश श्रेष्ठले फैसला सुनाएकाले सरकार जोडिएको यो मुद्दा उनले बस्न मिल्छ कि मिल्दैन भनेर बन्दीले प्रश्न उठाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रोस्टरको ११ नम्बरमा रहेका श्रेष्ठलाई संवैधानिक इजलासमामा राखेका थिए। रोस्टरमा रहेका अन्यलाई छोडेर राणाले आफूनिकट श्रेष्ठलाई इजलासमा ठाउँ दिएका थिए।
नेकपा नाम विवाद मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी ब्युँताउने फैसला गरेको थियो। उनीहरूले नेकपा नाम ऋषिराम कट्टेलकै पार्टीको हुने फैसला गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।