काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक रहेको भन्दै कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अन्तरिम आदेशको माग गरेका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता पूर्ण राजवंशीले अहिले गैरसंवैधानिक प्रधानमन्त्रीबाट शासित हुनुपरेको बताए।
उनले प्रतिनिधि सभामा विश्वासको मत नहुनु भनेको जनताको मत नहुनु रहेकाे बताए। विश्वासको मत नपाएका प्रधानमन्त्री ओली संविधानको धारा ७७ अनुसार पदमुक्त भएपनि गैरसंवैधानिक रुपमा बसिरहेको उनको तर्क छ।
'दुईपटक विश्वासकाे मत गुमाएकाे व्यक्तिले फेरि पाउँदैन। शेरबहादुर देउवाले बलियो आधार पेश गरेकाले उनलाई नियुक्त गर्न अन्तरिम आदेश जारी हुनुपर्छ', उनले भने, 'धारा ७६ को ५ अनुसार सरकार गठन गर्न दल चाहिँदैन। जसरी पनि संसद्ले सरकार दिनु पर्छ। र, विघटन नहाेस् भनेर यो व्यवस्था राखिएकाे हाे।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।