काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।
आउँदो आर्थिक वर्षको बजेट ल्याउनुअघि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको जनाइए पनि सम्बोधनको विस्तृत विवरण खुलाइएको छैन।
सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ। संसद् नभएकाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसद्मा बजेट पेस गर्ने सम्भावना छैन।
सरकारले संसद् नभएको बहाना बनाएर अध्यादेशबाट शनिबार बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।