काठमाडाैं– बिहीबार २४ घण्टाको अवधि दिएर एमाले ओली पक्षले स्पष्टीकरण सोधेको थियो।आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन पत्र काटिएको थियो।
हालसम्म पत्र नआएकाे बताउँदै वन तथा वातावरण मन्त्री माया भट्टले पत्र आएपछिमात्र स्पष्टीकरण दिने नदिनेबारे निर्णय हुने बताइन्।
'स्पष्टीकरण सोधेको पत्र आएको छैन। आएपछि सोचौंला। केन्द्रमा पटक/ पटक सोधेपछि स्पष्टीकरण नदिनु भएको होला। पत्र आयो भने दिने/ नदिने निर्णय लिन्छौ,' मन्त्री भट्ट।
स्पष्टीकरण सोधिएको अवधि आज सकिँदै छ। बिहीबार प्रदेश कमिटीका ओली पक्षीय एमालेका सुदूपश्चिम अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले उनीहरुलाई पत्र लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।