काठमाडौं– जेठ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेबी आई लभ यू’को रोमान्टिक गीत सार्वजनिक भएको छ। फिल्मको ‘कहानी तेरो र मेरो’ बोलको गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा नायक सन्तोष खड्गीकै स्वर, शब्द तथा संगीत रहेको छ। अावाजमा सन्ताेषलाई सुज्यम नेपालीले साथ दिएकी छिन्।
सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारीको अभिनय छ।
जनक पाण्डेको निर्देशन रहेको फिल्ममा सन्तोष र पूजासँगै, अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।