Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो संवैधानिक इजलास गठन गर्लान् प्रधानन्यायाधीश राणाले?

१२ न्यायाधीश चार विकल्प
64x64
नेपाल लाइभ शुक्रबार, जेठ १४, २०७८  ०७:०५
1140x725

काठमाडौं– संसद विघटनसम्बन्धी फैसला सुनाएको करिब ३ महिनाको अवधिमा सर्वोच्च अदालतले फेरि संसद विघटनसम्बन्धी मुद्दाकै सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्नुपर्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेपछि त्यससँग सम्बन्धित ३० थान रिटको सुनुवाइ अन्ततः सर्वोच्चको संवैधानिक इजलासमा हुने भएको छ, र त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (शुक्रबार) संवैधानिक इजलास गठन गर्दैछन्। 

विहिबार नियमित इजलासमा पेसी तोकिएका १९ थान निवेदनको सुनुवाइ पनि प्रधानन्यायाधीश राणाको एकल इजलासको आदेशपछि संवैधानिक इजलासमै हुने भएको छ। 

संवैधानिक इजलासमै सुनुवाइ हुने गरी यसअघि नै ११ थान रिट निवेदन दर्ता भएका थिए। विपक्षी राजनीतिक गठनबन्धनको १४६ जना ‘सांसद’हरुले दायर गरेको निवेदनमाथि पनि संवैधानिक इजलासमै सुनुवाइ हुनेछ।

पछिल्लो पटक भएको संसद विघटनसँग सम्बन्धित मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पहिलोपटक सुनुवाइ हुँदैछ र यसका लागि प्रधानन्यायाधीश राणाले कस्तो संवैधानिक इजलास गठन गर्छन् भन्नेमा सबैको चासो छ।

इजलास गठन र पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशको विशेषाधिकार भएकाले आफूले चाहेअनुसार न्यायाधीशहरुलाई राखेर उनले इजलास गठन गर्नेछन् भने पेसी पनि त्यहीअनुसार तोक्न पाउने अधिकार कानुनले दिएको छ। 

१२ न्यायाधीश रोस्टरमा 
संवैधानिक इजलासको रोस्टरमा प्रधानन्यायाधीशसहित १३ न्यायाधीश रहेका थिए। तर १ जना न्यायाधीशले जेठ १२ गतेदेखि अनिवार्य अवकाश पाएपछि यो संख्या १२ मा झरेको छ। रोस्टरमा रहेका न्यायाधीश पुरुषत्तोम भण्डारीले अवकाश पाएपछि उनको स्थान रिक्त रहेको छ। अब संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशनमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहेका छन्। 

यीमध्ये हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा बसेर यो मुद्दाको सुनुवाइ गर्ने छैनन्। अघिल्लो पटकको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट आफूलाई अलग गराएका कारण उनी यस पटक पनि संलग्न हुने छैनन्। कार्की संलग्न नहुने भएपछि रोस्टरमा रहेका न्यायाधीशको संख्या प्रधानन्यायाधीश बाहेक ११ मा झरेको छ। यी न्यायाधीशमध्येबाट  प्रधानन्यायाधीश राणाले इजलास  गठन गर्ने छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले रोस्टरमा रहेकामध्ये केही न्यायाधीशहरु अघिल्लो पटकको संसद विघटनसँग सम्बन्धित मुद्दाको फैसला सुनाउनसमेत संलग्न थिए। प्रधान्यायाधीश राणासहित न्यायाधीशहरु विश्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न संवैधानिक इजलासले ११ फागुन २०७७ मा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको थियो। यद्यपि उक्त फैसलाको पूर्णपाठ हालसम्म सार्वजनिक भएको छैन। 

अहिलेको अवस्थामा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश राणाका लागि चार विकल्प हुने देखिन्छ।

विकल्प १–  वरिष्ठतम् न्यायाधीशको रोलक्रम अनुसारको इजलास
प्रधानन्यायाधीश राणाका लागि प्रश्न पनि नउठ्ने र विश्वसनीय विकल्प वरिष्ठतम् ४ जना न्यायाधीशसहित आफ्नो इजलास गठन गर्दा उपयुक्त हुने देखिन्छ। संवैधानिक इजलास वरिष्ठतम् न्यायाधीशहरु बसेर सुनुवाइ गर्ने सोचका साथ राखिएको र यसो गर्दा प्रश्न पनि नउठ्ने भएकाले यो सबैभन्दा उत्तम विकल्प हुने देखिन्छ। यो विकल्पमा गएमा राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको इजलास गठन गर्नेछन्।

श्रेष्ठ अघिल्लो पटक प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला गर्न संलग्न भएकाले उनलाई नराख्ने हो भने आनन्दमोहन भट्टराईलाई राख्न सकिने विकल्प पनि छ। रोस्टरमा भएकामध्ये भट्टराई मात्र यस्ता न्यायाधीश हुन् जसले हालसम्म संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ गर्ने मौका नै पाएका छैनन्। उनी हालसम्म एक पटक पनि संवैधानिक इजलासको सदस्य भएका छैनन्। यदि राणाको रोजाइमा परे भने संवैधानिक इजलासमा योपटक पहिलो सहभागिता हुने छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भट्टराई संवैधानिक कानुनमा राम्रो दख्खल भएका न्यायाधीश पनि हुन्। संवैधानिक व्याख्या को विषय भएकाले उनको सहभागीताले यो इजलास झन् ‘आकर्षक’ हुने कानुन व्यवसायीहरुको पनि मत छ। सुनुवाइ गर्नुपर्ने विषयमा धेरै अध्ययन गर्ने र बहसका क्रममा प्रश्न–प्रतिप्रश्न गर्ने उनको स्वभावका कारण कानुन व्यवसायीका लागि उनी सम्मिलित इजलास स्वभाविक रुपले नै ‘आकर्षक’ हुने छ। 

विकल्प २–  प्रधानन्यायाधीशको ‘पिक एण्ड चुज’  
प्रधानन्यायाधीश राणाले आफ्नो इच्छा अनुसार ‘पिक एण्ड चुज’ शैली अपनाएर पनि इजलास गठन गर्न सक्नेछन्। यसका लागि बरिष्ठतम् न्यायाधीश कार्कीदेखि मोक्तानसम्मलाई उनले इजलासमा राख्न सक्नेछन्। रोस्टरमा रहेका ११ जना न्यायाधीशमध्ये जुनसुकै ४ जनालाई राणाले संसद विघटनसँग सम्बन्धित विवादको निरुपणका लागि आफ्नो सारथी बनाउन सक्नेछन्। पाँच न्यायाधीश संलग्न रहने संवैधानिक इजलासमा हालसम्म एक पटक मौका नपाएका न्यायाधीश भट्टराईदेखि अघिल्लो पटक वहस सुनेका वा नयाँ अनुहारलाई समावेश गरेर इजलास बनाउन सक्नेछन्। 

सर्वोच्च अदालतका सवै न्यायाधीश बराबर राय दिन र फैसला गर्न योग्य हुने भएकाले सवैलाई छान्न सक्ने अवस्था यो विकल्पमा देखिन्छ। तर, यो विकल्पमा प्रधानन्यायाधीश राणाले के गर्छन् भनेर सहजै अनुमान गर्न सकिँदैन। 

विकल्प ३– अन्तिमबाट ४ न्यायाधीश 
संवैधानिक इजलास गठनका लागि प्रधानन्यायाधीश राणाले अवलम्बन गर्नसक्ने अर्को विकल्प भनेको रोस्टरमा रहेका न्यायाधीशमध्ये सूचीको पुछारमा रहेका ४ जना न्यायाधीशलाई छान्ने हो। प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरुको सूचीअनुसार अन्तिमतिर रहेका ४ जनालाई छानेर इजलास गठन गर्न सक्नेछन्। 

यो विकल्प अपनाइयो भने संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंक मोक्तान हुनेछन्। मल्ल अघिल्लो पटक संवैधानिक इजलासमा संलग्न भएकाले उनी बस्न नचाहेमा वा राख्न नचाहेमा उनको विकल्पमा प्रकाशमान सिंह राउत हुन सक्ने देखिन्छ। यो विकल्पअनुसार इजलास गठन भए राणाबाहेकका अन्य न्यायाधीशले पहिलो पटक प्रतिनिधि सभा विघटनको मुद्दामा व्याख्या गर्न पाउनेछन्। 

विकल्प ४– अघिल्लै इजलासलाई निरन्तरता
प्रधानन्यायाधीश राणासँग भएको चौथो विकल्प हो– ५ पुस २०७७ मा भएको संसद विघटनको मुद्दामा फैसला सुनाएकै इजलासलाई निरन्तरता दिने। अघिल्लो पटक प्रतिनिधि सभा विघटनका सम्बन्धमा धेरै जानकारी भएको र संविधानको धारा ७६ को बारेमा बहस सुनेकाले अघिल्लो पटककै इजलासमा भएका न्यायाधीशहरुलाई समेट्ने विकल्प पनि ‘उपयुक्त’ नै हुने देखिन्छ। यो विकल्पअनुसार इजलासमा प्रधानन्यायाधीश राणासहित विश्वभरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनेछन्। 

अघिल्लो पटक आफूहरुले गरेको व्याख्या समेतका आधारमा यो इजलासले धारा ७६ को उपधाराहरु (१), (२), (३), (४), र (५) को व्याख्या गर्ने छन्। त्यस्तै धारा ७७ को प्रधानमन्त्री पद रिक्तको बारेमा पनि व्याख्या हुने देखिन्छ।  

अन्तरिम आदेशको छलफल 
शुक्रबार हुने बहस विपक्षी गठनबन्धनले माग गरेका सात अन्तरिम आदेशमा धेरै केन्द्रित हुने देखिन्छ। गठबन्धनका १४६ जना ‘सांसद’हरुले दायर गरेको रिटमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ गराउनुपर्नेदेखि निर्वाचनका सवै गतिविधी रोक्नेसम्मका लागि अन्तरिम आदेश माग गरिएको छ। 

प्रतिनिधि सभाका २७२ सांसदमध्ये बहुमत, १४६ सांसदहरु आफैं निवेदक भएकाले यो निवेदन ऐतिहासिक समेत हो। प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध बहुमत सांसदहरु हस्ताक्षरसहित सर्वोच्चमा लामवद्ध भएर सनाखत गर्दै मुद्दा दायर भएको न्यायिक इतिहासमा पहिलो घटना हो। त्यसैले पनि सबैले शुक्रबारको सुनुवाइलाई चासोका साथ हेरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्