Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इजलासमा माग : प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही, राणाले भने- अरु मुद्दा उतै छन्, संवैधानिक इजलासमा पठाइदिऊँ

64x64
नेपाल लाइभ बिहीबार, जेठ १३, २०७८  १९:३०
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वाेच्च अदालतमा परेका ३० वटा रिटमध्ये १९ वटामा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सुनुवाइ भयो। सुनुवाइका क्रममा वकिलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल अदालतको अवहेलनामा कारबाही गर्नुपर्नेदेखि अध्यादेशबाट बजेट ल्याउन रोक्नसम्म माग गरे।

तर, प्रधानन्यायाधीश राणाले भने यस विषयका अरु मुद्दा संवैधानिक इजलासमा तोकिएको भन्दै उतै लैजाने निर्णय सुनाए। राणाको एकल इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाएकाले अब त्यहीँ बहस हुने भएको छ। बाँकी निवेदनमा संवैधानिक इजलासमा शुक्रबार सुनुवाइका लागि यसअघि नै पेशी तोकिएको छ। 

बिहीबार २० जना अधिवक्ताले बहस गरेका थिए। यसरी बहस भएका रिटमध्ये १४ रिटमा प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको जिकीर गरिएको थियो बाँकी रिटमा प्रधानमन्त्री ओलीलाई पुन: प्रधानमन्त्री नियुक्तिको माग गरिएको थियो।

करिब साढे ११ बजेबाट शुरु भएको बहसलाई प्रधानन्यायाधीश राणाले सवा २ बजेतिर टुङ्ग्याए। कोरोना संक्रमणका कारण कम अधिवक्ताहरुलाई इजलासमा प्रवेश गराएर बहस गराइएको थियो। हरेक पटक २ वा ३ जना अधिवक्ताले बहस गर्ने पालो दिइएको थियो।

बहसपछि रिट निवेदकले उठाएको विषयवस्तुसँग सम्बन्धित अन्य रिट निवेदनहरू संवैधानिक इजलासमा पेश भएको र यी निवेदनहरुमा उठाएको विषयवस्तु पनि गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले आवश्यक प्रक्रिया पुरा गरि संवैधानिक इजलासमा पेश गर्न  राणाले आदेश दिए।

न लिखित जवाफ न कारण देखाऊ आदेश 
सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ समेत नमागी सिधै संवैधानिक इजलासमा पठाएको छ। विघटनविरुद्ध अन्तरिम आदेश माग गरेका अधिवक्ताहरुको बहस सुनेर कारण देखाऊ आदेशसमेत जारी नगरी संवैधानिक इजलासमा पठाउने आदेश भएको हो। अब यसमा लिखित जवाफ माग गर्ने र कारण देखाऊ आदेश गर्ने वा अन्तरिम आदेश जारी गर्ने निर्णय शुक्रबार नै हुने छ।

रिट निवेदकका तर्फबाट शुरुमा बहस गर्दै अधिवक्ता वीरभद्र जोशीले सरकार गठनका लागि कम समय दिएर मध्यरातमा संसद् विघटन गर्नु असंवैधानिक भएको दाबी गरे। राष्ट्रपतिको सूचनामा भनिएको मार्गप्रशस्त संविधानले नचिनेको उनले तर्क गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भन्ने पनि स्पष्ट कतै नदेखिएकाले प्रधानमन्त्रीको पद नै रिक्त नभई प्रक्रिया शुरु भएको दाबी उनले गरे।

Ncell 2
Ncell 2
nimb
nimb

जोशीपछि बहस गरेका अधिवक्ता तुलसी पराजुलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिई उपधारा ६ अनुसार जानु गैरसंवैधानिक भएको दाबी गरे। विश्वासको मत नलिई र राजीनामा नदिई धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु हुन नसक्ने उनको दाबी थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्चले फागुन ११ गते गरेको फैसलाको गम्भीर उल्लंघन गरेकाले अवहेलनामा कारबाही प्रक्रिया शुरु हुनुपर्ने माग गरे। पुस ५ गते गरेको विघटनको फैसलाको पूर्णपाठ नआउँदै प्रतिनिधि सभा विघटन गरेर अदालतको अवहेलना गरेको त्रिपाठीको दाबी छ। 

अधिवक्ता त्रिपाठीले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा दाबी गर्न योग्य हुन्छ? भनी प्रश्न उठाए। एकपटक विश्वास गुमाएर फेरि ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्री भएको व्यक्तिले विश्वासको मत पनि नलिने अनि पद रिक्त नै नगरी अर्को धाराको प्रधानमन्त्री दाबी गर्न नमिल्ने उनको जिकीर छ। यो कार्य गैरसंवैधानिक भएको उनले दाबी गरे। 

'विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा अनुमोदन हुन सक्छ?', त्रिपाठीले भने, 'पहिले संविधानको धारा ७७ को प्रक्रिया अनसार प्रधानमन्त्री पद रिक्त हुनुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत र संविधानको गलत व्याख्या हुने उनको तर्क थियो। यस्तो कार्यले कानुनी मान्यता नपाउने त्रिपाठीले बताए। 

अधिवक्ता बद्री भट्टले दोस्रोपटक भएको विघटनले फागुन ११ गते भएको फैसलाको गम्भीर उल्लंघन गरेको दाबी गरे।  सरकार गठनका लागि संविधानको धारा ७६ को सबै प्रक्रिया अवलम्बन गर्नुपर्ने भनेर एकपटक फैसला भएपछि फेरि कसैले जम्प गरेर जान नसक्ने उनको तर्क थियो। 

तर, प्रधानमन्त्रीले त्यो आदेशको गम्भीर उल्लंघन गरेर ७६ को ३ अनुसार आफू पदमा हुँदाहुँदै उपधारा ५ को प्रक्रिया शुरु गर्न सिफारिस गरेर आफैं दाबी गर्न गएको उनले टिप्पणी गरे। सर्वोच्चले अहिलेलाई चुनावको प्रक्रिया यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश जारी गर्नुपर्ने उनले माग गरे। 

यस्तै, अधिवक्ता लोकेन्द्र वलीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको मानहानी गरेको आरोप लगाए। उनले प्रधानमन्त्री बन्ने र पदमुक्त हुने प्रतिनिधि सभाबाट भएपनि सबै खेल बालुवाटार र शीतलनिवासमा भएको दाबी गरे। 

प्रधानमन्त्रीले विश्वासको मत लिन नजानु र फेरि उपधारा ५ अनुसारको सरकारको दाबी पनि आफैं गर्नुले गैरसंवैधानिक कार्य भएको उनको पनि दाबी थियो। अधिवक्ताहरु अजय बुढाथोकी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, नीतिका ढुङ्गाना, ईन्द्रप्रसाद अर्याल, शुलभ खरेल लगायतले पनि बिहीबार बहस गरेका थिए।

यसअघि प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधि सभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो। रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर छ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्