काठमाडौं– प्रतिनिधि सभा विघटविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गरिनु पर्ने माग उठेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा बिहीबार जारी सुनुवाइका क्रममा रिट निवेदक तर्फका कानुन व्यवसायीले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका हुन्।
गत पुस ५ गते संसद विघटन भएपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा समेत बृहत् पूर्ण इजलास गठनको माग उठेको थियो।
बिहीबार बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले बृहत् संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दा हेर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।