राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङ, फाइल तस्वीर
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गरेकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच करिब आधा घण्टा संवाद भएको थियो।
टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
कोरोना संक्रमण तीव्र बनेका बेला भारतबाट ल्याउने भनिएको खोप आपूर्ति हुन कठिन बनेपछि चीनतर्फबाट खोप आपूर्ति गर्नुपर्ने आवाज उठ्दै आएको छ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले संवादबारे केही बेरमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।