काठमाडौं– ‘सत्ता राजनीति’का कारण फुटको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्षका नेताहरु छलफलमा जुटेका छन्।
कार्यकारिणी समितिमा बहुमत रहेको बाबुराम–उपेन्द्र पक्षले ४ जना नेतालाई स्पष्टीकरण सोधेपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारी लगायत नेताहरु छलफलमा जुटेका हुन्।
नेताहरु बबरमहलस्थित कार्यालयमा भेला भएका जसपाका एक नेताले जानकारी दिए। छलफल अनौपचारिक भएको बताइएको छ।
‘अनौपचारिक छलफल हो। उपेन्द्रजीहरुले स्पष्टीकरण सोध्ने, गुटगत गतिविधि गर्ने लगायतका कामहरु जारी राखेकाले आगामी रणनीति बनाउने विषयमा कुराकानी गर्न नेताहरु बबरमहल पुग्नु भएको हो,’ महन्थ–राजेन्द्र पक्षका एक सदस्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।