तस्वीर सौजन्य– नजर राम महर्जनको फेसबूकबाट
काठमाडौं- बुधबार काठमाडौंको कीर्तिपुरमा मार्च गरिएको छ। कीर्तिपुरका स्थानीय बुद्धिजीवी, ‘प्रतिरोध’ समूह तथा बृहत् नागरिक आन्दोलनले अघिल्लो वर्ष ‘लकडाउन’का बेला भोकले निधन भएका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनका तर्फबाट मार्च गरेको हो।
कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेकोमा प्रदर्शनकारीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध जनाएका हुन्। नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन उनीहरुको माग थियो। अहिले चुनावको समय नभएको उनीहरुको भनाइ छ।
उनीहरुले ‘यो सरकराको छ के पारा? दुष्ट, भ्रष्ट, ज्यानमारा’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ!’, ‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’, ‘ज्यामी भोकी पारिन्छन् सूर्यबहादुरहरु मारिन्छन्, यस्तै थिति रहहिरहे, दुनियाँ बेहाल पारिन्छन्’; ‘स्वास्थ्य सेवा निशुल्क गर, अस्पतालहरु राष्ट्रियकरण गर’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षडयन्त्र होइन! गरिबजनलाई गाँस बाँस चाहिएको छ, घृणित दाउपेचतन्त्र होइन’; ‘सकिन्नौँ हामी चाहे बन्दुक दे या तोप दे, भोट नमाग ए सरकार खोप दे हामीलाई खोप दे!’ लगायतका नारा लेखिएको प्ले कार्ड पदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।