काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठकको निर्णयलाई एमाले सुदूरपश्चिम प्रदेश समितिले चुनाैती दिएको छ। १० जेठमा एमालेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
तर, बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो।बजेटको मुखमा सरकार परिवर्तन गर्न नहुने भन्दै सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको हो।
तर, प्रधानमन्त्री ओली पक्षका सांसदहरूले पनि केन्द्रको निर्णय मान्नुपर्ने बताएका थिए। 'बैठकमा विवाद भयो। अन्त्यमा सरकार फेर्न नहुने निर्णय भएको छ' ओली पक्षका सांसद पठान सिंह बोहराले भने।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। यसमा माधकुमार नेपाल पक्षका मात्र १८ जना छन्। संसदीय दलको नेता माधव पक्षका प्रकाश बहादुर शाह छन्।
एमालेको निर्णय गरेपछि माओवादीका त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ। सरकारमा सहभागी एमालेका तीन मन्त्रीमा तीनै जना नेपाल पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।