काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका विभिन्न राजनीतिक दलका नेताहरुबीच भर्चुअल बैठक जारी छ। अहिले बैठक चलिरहेको छ।
‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ सम्बन्धमा बैठक चलिरहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट सोङ ताओले नेतृत्व गरेका छन्। नेपालका तर्फबाट एमालेका महासचिव ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट नेता नारायण खड्का, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।
बैठकमा राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा तथा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसमेत सहभागी छन्। त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे समेत भर्चुअल बैठकमा सहभागिता रहेकाे छ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुसँग विभिन्न विषयमा अन्तर्क्रिया गरेको भए पनि मुख्य पार्टीहरुसँगको छलफल पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।