फाइल तस्विर
काठमाडाैं– नेपाली कांग्रेसले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।
शीर्ष नेताको बैठकमा सभापति शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफलकाे तयारीबारे जानकारी दिएका थिए।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘आज पार्टीका साथीहरुले कानुन व्यवसायीसँग दिउँसो छलफल गर्दै हुनुुहुन्छ।’ कानुन व्यवसायीहरुको छलफलपछि बहसमा भाग लिने वकिलहरु तय हुने बताइएको छ।
कांग्रेस संसदीय दलको संसदीय दलको कार्यालयमा हिजो विपक्षी पाँच दलको बैठक बसेको थियो।
सर्वोच्चमा दायर रिटको सुनुवाइमा आफ्नो तर्फबाट खटाउने वकिलको सन्दर्भमा मंगलबार छलफल भएको थियो। मंगलबारको बैठक अनुसार नै कांग्रेसले वकिलहरुसँग छलफल राखेको बताइएको छ।
शीर्ष नेताको बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।