काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको आधाकारिक निर्णयविना सरकारसँग वार्ता गर्ने कार्यदलको रुपमा किन काम गर्नुभयो भन्दै ७२ घण्टे स्पष्टीकरण सोधेका छन्।
सरकारी पक्षसँग जसपातर्फबाट कर्ण र शुक्लाले नियमित रुपमा कार्यदलको रुपमा वार्ता गरेको विषयलाई समेत बाबुराम–उपेन्द्रपक्षले प्रश्न उठाएका छन्। कर्ण र शुक्लालाई ५ बुँदे एउटै व्यहोराकाे स्पष्टीकरण पत्र पठाएको छ।
पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा दलको नेताको रुपमा स्वीकार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। पार्टी विधानमा नभएको काम कारवाहीलाई पार्टी अनुशासन र आचारसंहिता विपरित पार्टी आफूखुसी स्वेच्छाचारिता बढाउने कामहरुलाई किन पश्रय दिएको भन्दै सोधिएको छ।
कर्ण र शुक्लालाई समेत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै स्पष्टीकरण सोधिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।