काठमाडौं- प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि नेविसंघसम्बद्ध विद्यार्थीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। शंकरदेव क्याम्पस एकाइद्वारा आयोजित विरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए।
विरोध प्रदर्शनका क्रममा 'म खड्गप्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो' लेखिएको प्ले-कार्ड प्रदर्शन गरिएको थियो। राष्ट्रपति र प्रधानमन्त्री प्रवृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक रूपमा पुत्लाको अन्त्येष्टि गरिएको नेविसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।