काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाहीको माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च अदालतको २०७७ फागुन ११ गतेको फैसलाविपरीत प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधि सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकाले कारबाहीको माग रिटमा गरिएको छ।
प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। उनले रिट निवेदन दर्ता प्रक्रियामा रहेको समेत जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।