काठमाडाैं- विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका दलहरु आगामी रणनीतिका विषयमा छलफल गर्न जुटेका हुन्।
सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।
छलफल दिउँसो २:४० बाट सुरु भएको हो। छलफलबाट अब कुन रणनीतिका साथ अगाडि बढ्ने भन्ने निर्णय हुने अपेक्षा गरिएको कांग्रेसका एक नेताले बताए।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले)को नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले प्रतिनिधि सभा विघटविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।