तस्वीर : सभामुखको सचिवालय।
काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूको छलफल शुरु भएको छ। उनीहरूबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल जारी छ।
छलफलमा सभामुख सापकोटा र पूर्वसभामुखहरू रामचन्द्र पाैडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी छन्। तीन महिनाको अवधिमा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँगको छलफल आयोजना गरेका हुन्।
गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय फागुन ११ गते सर्वाेच्च अदालतले बदर गरेको थियो। फेरि जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी छन्।
सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन असंवैधानिक यसअघि नै बताइसकेका छन्। केही कानुन व्यवसायीले सभामुख सापकोटाले प्रतिनिधि सभा राखेर संसद् चलाउनुपर्ने तर्क गर्दै आएको र आफै सर्वोच्च जाने कि नजाने भन्ने विषयमा सल्लाह लिन सभामुखले पूर्वसभामुखसँग छलफल थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।