काठमाडाैं– सभामुख अग्निप्रसाद सापकोटाले तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनका विषयमा पूर्वसभामुखहरूसँग छलफल गर्ने भएका छन्।
दिउँस १ बजे सिंहदबारमा छलफल हुने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ। पुस ५ गते भएको प्रतिनिधि सभा विघटन फागुन ११ गते पुन:स्थापना भएको थियो भने फेरि जेठ ७ गते प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक विघटन भएको थियो।
सभामुख सापकोटाले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। सभामुख सापकोटाले दोस्रो पटक भएको विघटन असंवैधानिक भएको आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
केही कानुन व्यवसायीले सभामुख सापकोटाले प्रतिनिधि सभा राखेर संसद चलाउनुपर्ने तर्क गर्दै आएको अवस्था र आफै सर्वोच्च जाने कि नजाने भन्ने विषयमा सल्लाह लिन सभामुखले पूर्वसभामुखसँग छलफल गर्न लागेका हुन्।
सापकोटाले २०४८ सालपछिका सभामुखह दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।