काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन्।
विप्लवले सोमबार एक वक्तव्य जारी गर्दै नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारको विवषयमा जनमतलाई बुझी, विज्ञहरुको व्यापक परामर्श लिएर मात्रै लिनुपर्ने पनि बताएका छन्।
‘सरकारले आफ्नो सत्तासंकट टार्न, कुसी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ,’ विप्लवले आफ्ना वक्तव्यमा भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्र हितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ।’
विप्लवले नागरिकताका सम्बन्धमा संविधानमा नै कैयौं गलत र त्रुटिपूर्ण प्रावधानहरु रहेको र संविधान जारी हुँदाका बखत नै आफ्नो पार्टीले त्यसको विरोध गरेको पनि स्मरण गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।