काठमाडौं– आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेका स्थायी कमिटी बैठक जारी छ। स्थायी कमिटी बैठक सकिए पछि मन्त्रिपरिषद बैठक शुरु हुने एमाले स्थायी कमिटी सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद बैठकका लागि कुनै विशेष अजेन्डा भने नतोकिएको ती मन्त्रीले जानकारी दिए। ‘मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। आवश्यक विषयमा निर्णय लिइने छ, कुनै विशेष अजेन्डा भने छैनन,’ ती भन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।