काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गराएका ‘सांसद’मध्ये १३९ जना भौतिक रुपमा उपस्थित भएका छन्।
सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराउँदा हस्ताक्षर गरेका १४६ जना सांसदमध्ये १३९ जना भौतिक रुपमै उपस्थित भएका हुन्।
अन्य ७ जनाले भने वारेसमार्फत आफ्नो सनाखत गराएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका गरी १४६ जना सांसदले सोमबार संसद पुनःस्थापनाका लागि आवश्यक आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गराएका हुन्।
रिटमा हस्ताक्षर गरेपनि बिरामी परेका तथा उपत्यका बाहिर रहेका सांसदहरुले भने वारेसमार्फत सर्वोच्च अदालतमा सनाखत गराएका हुन्।
भौतिक रुपमै उपस्थित भएका सांसदहरुको भने सर्वोच्च अदालतले हस्ताक्षर संकलन गरी प्रमाणीत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।