काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो।
स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण सोधिएका नेतामाथि कारबाहीको निर्णय गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
आजको बैठकले विपक्षीले गठबन्धनको तयार गरेको रिटमा हस्ताक्षर गर्ने थप सांसदलाई समेत कारबाही प्रक्रिया अघि बढाउने तामाङको भनाइ छ। बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे समेत छलफल हुने तामाङले बताए।
यसअघि ८ जेठमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण बुझाउन दिइएको समय समाप्त भइसकेको छ।
यसअघिको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।