काठमाडौं– अभिनेत्री झरना थापाकी छोरी सुहानाले फिल्मा डेब्यू गर्ने भएकी छन्। झरनाकै होम प्रोडक्सनको फिल्म 'ए मेरो हजुर ३' मार्फत उनले डेब्यू गर्न लागेकी हुन्।
सुहानाको अपोजिटमा अनमोल केसी रहनेछन्। फिल्ममा अनमोललाई झरना र निर्माता सुनीलकुमार थापाले शनिबार मात्र अनुबन्धित गराएका हुन्। स्रोतका अनुसार, 'ए मेरो हजुर ३' का लागि अनमोलले ३० लाख पारिश्रमिकमा सहमति जनाएका हुन्।
लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मलाई उक्त फिल्मको दोस्रो भाग निर्देशन गरेकी झरनाले नै निर्देशन गर्नेछिन्। अहिले फिल्मका लागि गीत-संगीत तयार पार्ने काम भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।