लखनऊ- भारतकाे उत्तर प्रदेश सरकारले काेराेना नियन्त्रणकाे लागि जारी गरेकाे कर्फ्यू लम्ब्याएकाे छ।
काेराेना संक्रमितकाे संख्या कम नभएकाे भन्दै ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएकाे हाे।
उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ। यसपटक कुनै नयाँ प्रतिबन्धहरू थपिएको छैन।
यस समयमा चिकित्सा, आवश्यक चीजहरू, ई-बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने छ। यता, खाेप अभियान पनि जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।