न्यूयाेर्क- अमेरिकामा काेराेना संक्रमितकाे दरमा कमी आएकाे छ। कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको अमेरिक स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे।
शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको परीक्षण गराएका थिए। पछिल्लो २४ घण्टामा काेराेनाबाट २७ हजार १९१ जना संक्रमित भएका छन्।
शनिबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८९ जनाको मृत्यु भएको छ। अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ।
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ।
मन्त्रालयका अनुसार अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन।
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ।
अमेरिकाको कूल संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भैसकेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।