मुम्बई- भारतीय चिकित्सा संघ (इन्डियन मेडिकल एसोसिएशन /आईएमए)ले योगगुरु बाबा रामदेवमाथि कारबाही गर्न माग गरेकाे छ।
रामदेवले वैज्ञानिक उपचार पद्धति ‘एलोपेथी’विरुद्ध भनाइहरु राखेपछि आइएमएले शनिबार रामदेमवमाथि कारबाहीको माग गरेको हो।
‘एलोपेथी एक मूर्ख र दिवालिया विज्ञा हो जसका कारण लाखौं मानिस मरिरहेका छन्’, उनले भनेका थिए।
एलोपेथीबारे ज्ञान नै नभएकाेले वैज्ञानिक उपचार पद्धतिको बदनाम गरेको भन्दै आइएमएकाे रामदेवमाथि महामारी रोग ऐन अन्तर्गत कारबाही गर्न माग गरेकाे हाे।
उनले भारतको औषधि नियामक संस्थाले अनुमति दिएको रेमडिसिभिर तथा फाभीफ्लुजस्ता औषधिले कोरोना संक्रमितको उपचार गर्न असक्षम भएको पनि दाबी गरेका थिए।
रामदेवको भनाइले भारतीय समाजलाई नोक्सानी पुर्याउने टिप्पणी हुन थालेको छ। यसअघि अक्सिजन अभावमै मानिसहरुकोे मृत्यु भइरहँदा संसारभर भगवानले अक्सिजन दिएता पनि आज मानिसहरु अक्सिजन लिनै नसक्ने अवस्थामा पुगेको उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।