युएई- साउदी अरबका राजा सलमान बिन अब्दुलअजिज अल–साउदले प्यालेस्टाइनलाई उसको संघर्षमा साथ दिने आश्वासन दिएका छन्।
शुक्रबार सलमानले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै साउदी प्यालेस्टाइन र उसको संघर्षमा साथ रहने बताएका हुन्। उनले इजरायली आक्रमण रोक्न साउदी सरकारले हर सम्भव प्रयास गर्ने बताएका छन्।
सलमानले साउदीका विदेशमन्त्री प्रिन्स फैसल बिन फहरानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्यालेस्टाइनको स्थिती मजबुत बनाउन साउदीले काम गर्नुपर्ने निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।