मुम्बई- भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाकाे डेटा सर्भरमा साइवर आक्रमण भएको छ। कम्पनीमाथि भएकाे साइवरले आक्रमणले लाखाैं यात्रुको डेटा चुहावट भएकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार साइवर आक्रमणबाट यात्रुहरुकाे पासपोर्ट, टिकटबारे जानकारी र क्रेडिट कार्ड र डाटा कार्डसँग सम्बन्धित जानकारी चुहावट भएकाे छ।
फेबुअरी महिनामा पहिलाे पटक साइवर आक्रमण भएकाे पत्ता लागेकाे थियाे। सदस्यसमेत रहेको उक्त वायुसेवा कम्पनीका अनुसार याे आक्रमणबाट २६ अगस्ट २०११ देखि २० फेब्रअरी २०२१ मा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ।
तर, कम्पनीले भने क्रेडिट कार्डको सीवीभी / सीवीसी नम्बर नभएकाे भन्दै खतरा कम भएकाे जानकारी दिएकाे थियाे। कम्पनीले सबै यात्रुलाई खाताहरूको पासवर्ड परिवर्तन गर्न भने आग्रह गरेकाे छ।
यद्यपि, हमलामा कसको हात छ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
कम्पनीले त्यसपछि कुनै पनि किसिमको अनधिकृत गतिविधि पत्ता नलागेको जनाएको छ।
सन् २०१८ मा ४००,००० सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्ड सम्बन्धी विवरण प्रभावित भएपछि गत वर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।