कोलकता- भारतस्थित पश्चिम बंगालको ‘नारदा स्टिङ प्रकरण’मा पक्राउ परेका ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार नेताविरुद्धको मुद्दा सुनुवाइका लागि कोलकता उच्च अदालतले ५ न्यायाधीशको बेन्च गठन गरेको छ।
कार्यवाहक प्रमुखन्यायाधीश राजेश बिन्दलले यो बेन्चमा न्यायाधीशहरु आईपी मुखर्जी, हरीश टण्डन, सौमेन सेन र अरिजित बनर्जी राखेका छन्। यसको मुद्दाको सुनवाइ २४ मेमा हुनेछ।
सीबीआईले सोमबार मन्त्री सुब्रत मुखर्जी र फिरहाद हकीम, टीएमसी विधायन मदन मित्रा र पार्टीका पूर्व नेता शोभन चटर्जीलाई गिरफ्तार गरेको थियो।
सीबीआईले यी नेताहरुलाई सोधपुछका लागि कोलकतामा निजाम प्यालेलस्थित आफ्नो कार्यालय लिएर गएको थियो पछि उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको थियो।
सोमबार राति सीबीआईको विशेष अदालतले चार नेताहरुलाई अन्तरिक जमानत दिएको थियो तर रातमा नै कोलकत्ता हाई कोर्टले यस फैसलालाई रोक दिएको थियो।
हाई कोर्टको डिभिजन बेन्चले विशेष अदालतको फैसला स्थगन आदेश जारी गर्दै अभियुक्तलाई आगामी आदेशसम्म न्यायीक हिरासतमा पठाउन आदेश दिएको थियो।
आफ्नो क्याबिनेटका मन्त्रीसहित पार्टीका नेताहरु पक्राउ परेलगत्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सीबीआई कार्यालय पुगेकी थिइन्।
सन् २०१६ को विधानसभा चुनाव अगाडि नारदा न्युजका तर्फबाट स्टिङ अपरेशनको भनिएको एउटा भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा तृणमूल कांग्रेसका नेता, पश्चिम बंगाल सरकारका मन्त्री र विधायक जस्तै देखिने व्यक्तिहरुले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग घुस लिँदै गरेको देखिएको थियो।
पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी र उनको दल टीएमसीले भने उक्त भिडियोलाई राजनीतिक प्रोपोगाण्डा भन्दै आएको छ। पश्चिम बंगालको सत्ताधारी दल तृणमूल कांग्रेस (टीएमसी) ले नेताहरुको गिरफ्तारीलाई गैरकानूनी भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।