काेलकता- भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले उपनिर्वाचन लड्ने भएकी छिन्। उनले पश्चिम बंगालको भवानीपूर निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्न लागेकी हुन्।
पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरेकाे थियाे। उनले मुख्यमन्त्री पदकाे शपथ समेत लिसकेकी छिन्।
मुख्यमन्त्री रहिरहनका उनले आगामी छ महिनाभित्र पश्चिम बंगालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ।
अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्रमा उनले यस पहिले दुई पटकसम्म जितिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।