काठमाडाैं- इजरायल र प्यालेस्टिनी सशस्त्र समूहहरूबीच युद्धविराम गर्ने सहमति भएपछि गाजापट्टीमा उत्सब मनाउन नागरिकहरु सडक उत्रिएका छन्।
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले शुक्रबार बिहानै युद्धविरामको सहमति गरेका हुन्। युद्धविरमापछि हुने थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधि पठाउने छ।
यो कदमको अन्तर्राष्ट्रियस्तरमा स्वागत गरिएको छ। दुई देशबीच ११ दिनसम्म चलेको युद्धमा गाजा क्षेत्रमा ६६ बालबालिकासहित दुई सय ४३ जनाको ज्यान गएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले बिहीबार दिउँसो एक विज्ञप्तिमा भनेको थियो, ‘युद्धविरामको लागि एक शर्त। इजिप्टको पहललाई सर्वसम्मतिले स्वीकार गरेको सिफारिसलाई स्वीकार गरेको छौं।’
इजरायली हवाई हमलाले गाजामा कम्तिमा ५१ शैक्षिक संस्थामाथि क्षति पुगेको छ। जसमा ४६ विद्यालय, दुई बालगृह, एक संयुक्त राष्ट्र तालिम केन्द्र र गाजाको इस्लामिक विश्वविद्यालयको केही अंश रहेका छन्।
यो युद्धमा कम्तिमा ६६ हजार प्यालेस्टिनी विस्थापित भएको बताइन्छ। उनीहरु अझै संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित ५८ शिविरहरुमा आश्रय लिएर बसिरहेका छन्।
इजरायली आक्रमणबाट कम्तिमा ६ वटा अस्पताल र ११ प्राथमिक स्वास्थ्य चौकीहरुलाई पनि क्षति पुगेको बताइन्छ। गाजाको एकमात्र कोरोना परीक्षण प्रयोगशाला पनि मे १७ को इजरायली हमला पछि धोस्त भएको थियो।
गाजाको बिजुली नेटवर्कमा पनि क्षति पुगेको छ। जसले दैनिक २०/२१ घण्टा बिजुली बल्दै आएकाे थियाे। यसले गाजापट्टीमा पानी र सरसफाई सुविधाहरूलाई असर गरेको छ। कम्तिमा दुई लाख ५० हजार मानिसलाई पिउने पानीको पहुँच छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।