तिरुवनन्तपुरम (भारत)- पिनाराई विजयन दाेस्राे पटक केरलाका मुख्यमन्त्री बनेका छन्।
विधानसभा चुनावमा वाम प्रजातान्त्रिक मोर्चाको नेतृत्व गरेका विजयनले बिहीबार दोस्रो कार्यकालको लागि शपथ लिएका हुन्।
गभर्नर आरिफ मोहम्मद खानले कोराेना प्रोटोकलकाे पालना गर्दै तिरुवनन्तपुरमस्थित सेन्ट्रल स्टेडियममा ७६ वर्षीय विजयनलाई शपथ खुवाएका हुन्।
कोरोना महामारीलाई ध्यानमा राख्दै कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूडीएएफका नेताहरु शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन्।
केरला उच्च अदालतले बुधबार महामारीको कारण शपथ ग्रहणमा भाग लिनेहरूको संख्या सीमित गर्न सरकारलाई निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।