पुणे (भारत)- इन्डियन काउन्सिल मेडिकल रिसर्च (आईसीएमआर)ले घर घरमा कोरोना परीक्षण गर्न एक द्रुत एन्टिजेन परीक्षण किटलाई स्वीकृति दिएको छ।
यो परीक्षण किट पुणेको माई ल्याब डिस्कवरी सोलुसन कम्पनीले विकसित गरेको हो।
यस कोभिशिल्ड नामको टेस्ट किटको माध्यमबाट केवल २ मिनेटमा आफै परीक्षण गर्न सकिने र १५ मिनेटमा रिपोर्ट आउने दाबी गरिएको छ।
यो टेस्ट किटको लागत २५० भारु राखिएको छ। यो होम टेस्टिङ्ग किट लक्षण भएका संक्रमितहरुको लागि मात्र हो।
प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूले यसलाई प्रयोग गर्न सक्दछन्।
कम्पनीका संस्थापक सुजित जैनले भने, ‘माई ल्याब भारतमा पहिलो कम्पनी हो। जुन घर आधारित वा स्वयं परीक्षण किटको लागि स्वीकृत पाएको छ।’
यो किट ७ लाख ५० हजार फार्मेसी स्टोर र सबै ई–कमर्स वेबसाइटहरूमा खरीद गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।